काठमाडौं । ग्लोबल आइएमई बैंकले १६औँ वार्षिकोत्सवका अवसरमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ । सोमबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा सेवारत कर्मचारीलाई सम्मान गर्नुभएको हो ।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले ‘उत्कृष्ट बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकमा अब्बल बनाउन सफल रहेको बताउनुभयो ।
उहाँले उत्कृष्ट बैंक बनाउन आफ्नातर्फबाट गर्नुभएको विशेष योगदानका लागि सबै कर्मचारीलाई धन्यवाद दिँदै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रहसमेत गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंक सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अघि बढेको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका