वल्र्डलिंकलाई कर्पोरेट एक्सिलेन्सी आइएसपी अवार्ड

Read Time = 2 mins

काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड वल्र्डलिंकले प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठूलो इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो ।

कम्पनीका अनुसार निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिको सम्मानमा उक्त अवार्ड प्रदान गर्ने गरिएको छ । जसबाट समाजमा सबैको मनोबल बलियो पार्नुका साथै राम्रो काम गर्न प्रेरित र प्रोत्साहनसमेत गर्ने आयोजकको अपेक्षा छ ।

प्राध्यापक डा. फत्तबहादुर केसी अवार्डका लागि निर्णायक मण्डलको संयोजक हुनुहुन्थ्यो । जसमा वुमन फर हृयुमन राइट्सका संस्थापक अध्यक्ष लिली थापा, पत्रकार बबिता बस्नेत, भुवन दाहाल, सफल पार्टनरका सिइओ ओशुतोष तिवारी, पत्रकार पुष्पराज आचार्य र आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा सदस्यका रूपमा रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?