आहा-रारा गोल्डकपको सेमिफाइनलमा एपीएफ र संकटा भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । २२ औं संस्करणको आहा१ रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा आज एपीएफ र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा हुने एपीएफ र संकटाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

एपीएफले धरान फुटबल क्लबलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको हो । यस्तै संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको थियो ।

हिमश्री फुड्स प्रा.लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?