अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-१४ हडाहामा बसले किचेर एक वृद्धाको मृत्यु भएको छ ।
कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो ।
कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार राति उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका