प्रधानमन्त्रीद्वारा देशको अर्थतन्त्रबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रबारे चासो राख्नुभएकाे छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रबारे जानकारी लिनुभएकाे हाे ।

देशको अर्थतन्त्रप्रति चासो राख्दै प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा देखिएका समस्या तत्काल सुधार गर्न निर्देशन पनि दिनुभयाे ।

ब्याजदर घटाउन र मौद्रिक नीतिमा आवश्यक सुधार गरेर तरलता हटाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभएकाे उहाँकाे सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?