उप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएकाे छ ।

सोही क्रममा भारतको सहयोगमा भइरहेका विकास निर्माण कार्यमा चासो राख्दै राजदूत श्रीवास्तवले  नेपालको विकास र समृद्धिका लागि भारतले निरन्तर सहयोग गरिरहने बताउनुभयाे ।

साथै केही आयोजनामा देखिएका समस्या समाधानका विषयमा पनि मन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तोसमेत दिनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?