काठमाडौं । काठमाडौंमा जारी नेपाल टी-२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो ।
काठमाडौंलाई पराजित गर्ने क्रममा लुम्बिनीका कुशल भुर्तेल, इशान पाण्डे र ह्यारी टेक्टरले समान दुई दुई विकेट लिए । काठमाडौंका लागि बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन जोडेका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका