प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

दुईजनाबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

वर्तमान सरकारलाई समर्थनबारे एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन । आज मात्र अध्यक्ष नेपालले सरकारलाई मत दिने दिनसम्ममा निर्णय गरिने बताउनु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी थाल्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?