अर्घाखाँचीमा भालुको आक्रमणमा ८० बर्षिय बद्धको ज्यान गयो

हिमालय टाइम्स
Read Time = 2 mins

-श्याम घिमिरे
अर्घाखाँची । अर्घाखाँचीमा भालुको आक्रमणमा परी एक बृद्धको ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका वडानं.२ ओखरी निवासी ८० वर्षीय रामबहादुर क्षेत्रीको भालुको आक्रमणबाट ज्यान गएको हो ।

बुधबार बिहान ८ बजेको समयमा आफ्नो घरदेखि झिर्रा आउने क्रममा ओखरीको जङ्गलमा भालुले आक्रमण गरी क्षेत्रीलाई घाईते बनाएको र उपचारकोलागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा लगिएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच सामुदायिक वनमा विगतका दिनहरुमा पनि जंगलि जनावरले आक्रमण गर्ने गरेको पाइएको र आउँदा दिनहरुमा पनि पुनःआक्रमण हुनसक्ने भन्दै उक्त वन तथा अन्य क्षेत्रहरुमा एक्लै नहिड्न तथा हिड्नुपरेमा सावधानि अपनाइ सजक रही हिड्डुल गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँची अनुरोध गरेको छ ।

यसरी दिन दहाडै भालुले आक्रमण गर्न थालेपछि स्थानीयहरु भने त्रसित बनेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?