सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार

Read Time = 2 mins

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा बढेको छ । नेप्से परिसूचकमा ६४.८७ अंकले वृद्धि भई २१२५.९४ विन्दुमा आएर रोकिएको छ । आज ३.१५ प्रतिशतले सेयर बजार बढेकोे हो ।

मंगलबार नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर रोकिएको थियो ।

साथैै, २५८ कम्पनीको कारोबार हुँदा ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ५० करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै, सानिमा माइ हाइड्रोपावर १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

यता, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त बित्तीय संस्था, मिर्मिरे लघुवित्त बित्ती संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड र द्यौलागिरि लघुवित्तको  १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ५ कम्पनीमा ओरालो लागेको छ ।

आज सबै उपसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै ट्रेडिंगको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । इन्भेष्टमेन्ट, म्यानुफेकचरीङ एण्ड प्रोसेसिङ र माइक्रोफइनान्सको ५ प्रतिशत भन्दाबढीले मूल्य वृद्धि भएको छ । बाँकी सबै उपसुचहरुमा पनि वृद्धि भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?