काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु बालुवाटारमा भेला हुनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।
बैठकमा सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका विषयमा पनि छलफल हुनेछ । यसैगरी बैठकमा २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मतको विषयमा छलफल हुनेछ ।
साथै मन्त्रिपरिषद् विस्तारदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँटका विषय पनि बैठकको छलफलको एजेण्डा रहेको छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच