नेप्सेमा ६५ अंकको वृद्धि

Read Time = 4 mins

काठमाडौं । सेयर बजार ६५ अंकले बढेको छ । बुधबार सेयर बजार ६४.८७ अंकले बढेर २१२५.९४ अंकमा पुगेको हो । सो अवधिमा दुई सय ५८ कम्पनीका ८७ लाख ३३ हजार पाँच सय ४२ कित्ता सेयर तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका ३० कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ भने पाँच कम्पनीको सेयरमूल्य घटेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ३.५७ अंकले बढेर ४०८.७२ अंकमा पुगेको छ । कारोबार भएका कुल १३ वटै समूहगत सूचक बढेका छन् । विभिन्न आठ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन डिस्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप, पिपुल्स पावर र खप्तड लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

कालिका पावर कम्पनी, आरएसडिसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्दवासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, आशा लघुवित्त, सबैको लघुवित्त, निर्धन उत्थान लघुवित्त, सेन्ट्रल फाइनान्स, इस्ट्रन हाइड्रोपावर, समता घरेलु लघुवित्त, आरम्भ चौतारी लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, प्रभु इन्स्योरेन्स, नयाँ साथी लघुवित्त, बलेफी हाइड्रोपावर, स्वरोजगार लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, महालक्ष्मी विकास बैंकलगायतको सेयर नौ प्रतिशतभन्दा धेरै बढेको हो ।

तर, नेपाल एसबिआई डिबेञ्चर २०८६ को मूल्य १.९९ प्रतिशत, सनराइज ब्लुचिप फण्डको इकाई १.७४ प्रतिशत, अजोड इन्स्योरेन्स १.७४, लक्ष्मी बैंक १.४४ प्रतिशत र धौलागिरि लघुवित्तको सेयरमूल्य १.२० प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा शीर्षस्थानमा रहेको हिमालयन डिस्टिलरीको ११ करोड ५२ लाख ७४ हजार नौ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावर कम्पनीको १० करोड ८७ लाख २९ हजार पाँच सय ६६ रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनीको १० करोड चार लाख ३१ हजार नौ सय छ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनी नौ करोड ७३ लाख ४८ हजार आठ सय २० रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावर आठ करोड ४० लाख ७८ हजार तीन सय ६० रुपैयाँको कारोबार भएको छ । बन्दपछि समग्र बजार पुँजीकरण ३० खर्ब ७४ अर्ब ७४ करोड २७ लाख रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?