काठमाडौं । बानेश्वर क्याम्पसमा जारी अतिरिक्त क्रियाकलाप अन्तर्गतको भलिबल खेल सम्पन्न भएको छ । बुधबार भएको फाइनल खेलमा कप्तान प्रेम उपाध्याय सम्मिलित टिमले कप्तान उमेश गुरुङ सम्मिलित टिमलाई कठिन सेटमा हराएको थियो ।
पाँच सेटमा खेलाएको खेलमा कप्तान उपाध्याय सम्मिलित टिमले ३-२ ले हराएको हो । दोस्रो सेट २५-१७, तेस्रो सेट २८-२६, अन्तिम सेट १५–११ ले आफ्नो पक्षमा पार्दै विजयी भएको थियो । कप्तान गुरुङ सम्मिलित टिमले पहिलो सेट २५-१९, चौथो सेट २५-२० जितेको थियो । सो खेल अन्तर्राष्ट्रिय रेफ्री चन्दाबन्दना राईले खेलाउनु भएको थियो ।
सो विजेता टिमलाई बानेश्वर क्याम्पसको वार्षिकोत्सवमा प्रमाण पत्र, मेडलसहित सम्मान गरिने भलिबल खेलका सह–संयोजन सन्दीप लुइँटेलले जानकारी दिनु भयो । आगामी फागुन ५ गते सो क्याम्पसको वार्षिकोत्सव रहेको छ । क्युएए प्राप्त बानेश्वर क्याम्पसले गुणस्तरीय शिक्षा दिनुका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहँदै आएको छ । अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको खेल क्षमतालाई बाहिर ल्याउन मद्धत गर्नेछ ।
आगामी दिन अझै विद्यार्थीको क्षमता अभिवृद्धि गराउनुलगायत अन्य कार्यक्रम क्याम्पसमा रहेका उत्कृष्ठ खेलाडीलाई क्याम्पसभन्दा बाहिर हुने विभिन्न प्रतियोगितामा सहभागी गराइने क्याम्पस प्रमुख डा.घमानसिंह खड्का बताउनु हुन्छ । भलिबल खेलको समापन कार्यक्रममा बोल्दै डा. खड्काले सबै खेलमा विद्यार्थीको क्षता अभिवृद्धिमा कुनै कमीकमजोरी आउन नदिने बताउनु भयो । उहाँले आगामी दिनमा अन्तर क्याम्पस कार्यक्रम गर्ने सोच बनाएको बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका