निर्यात दिवसमा स्वदेशी वस्तुको प्रदर्शनी

Read Time = 2 mins

काठमाडौं । नेपाल निर्यात परिषद्ले निर्यातयोग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत कृषिसरह ब्याज व्यवस्था गर्न माग गरेको छ । बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै परिषद्ले आयातमुखी अर्थतन्त्रले मुलुकको अर्थतन्त्र सवल बन्न नसक्ने भन्दै निर्यात प्रवद्र्धनका लागि निर्यातयोग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत कर्जा उपलब्ध गराउन माग गरेको हो ।

परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झट अन्त्य हुनुपर्ने, नेपाली वस्तुलाई छिमेकी मुलुकसँग प्रतिस्पर्धी बनाउन निर्यातमूलक उद्योगका लागि १० वर्षसम्म विभिन्न छुटको व्यवस्था गर्नुपर्ने, विभिन्न देशमा रहेका नेपाली दूतावासमार्फत् नेपालका निर्यातयोग्य वस्तुको व्यापकरूपमा प्रचार गर्नुपर्ने, नेपाली उत्पादन निर्यातका लागि विश्वव्यापी मान्यता प्राप्त ल्याब स्थापनाको माग गर्नुभयो ।

त्यस्तै, चर्को हवाई भाडादर, दक्ष जनशक्ति अभाव, तरलता अभाव, बजार प्रवद्र्धन, कच्चा पदार्थ ढुवानी खर्च महँगो, बजार विविधीकरण कमीका कारण नेपाली उत्पादनको निर्यात बढ्न नसकेको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा कुल निर्यात ३४.६ प्रतिशतले घटेर ६७.३० अर्बमा खुम्चिन पुगेको छ । साथै परिषद्ले निर्यात दिवसका अवसरमा पुस २१ र २२ गते काठमाडौंको ठमेलमा नेपाली निर्यातजन्य वस्तुको बृहत् प्रदर्शनी आयोजना गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?