ग्यालेक्सी ए ०४ इ नेपाली बजारमा

Read Time = 1 min

काठमाडौं । सामसुङले डुअल क्यामेरा र फास्ट चार्जिङ टाइप सी पोर्टको साथ ए सिरिजको नयाँ इन्ट्री-लेभलको स्मार्टफोन ल्याएको छ । कम्पनीका अनुसार ग्यालेक्सी ए ०४ इ एउटा इन्ट्री–लेभल फोन हो, जसमा तीन जिबी र्‍याम र ३२ जिबी इन्टर मेमोरी रहेको छ भने थप एक टिबी स्टोरेज स्पेस बढाउन सकिन्छ ।

नयाँ फोनको प्रमुख विशेषता डिस्प्ले र क्यामरा रहेको छ भने मूल्य १३ हजार चार सय ९९ रुपैयाँ रहेको छ । ग्यालेक्सी ए ०४ इ मा तीन क्यामेरा समावेश छन् । मेन क्यामेरा १३ एमपी र दुई एमपीको डेप्थ क्यामेरा रहेको छ भने पाँच एमपी फ्रन्ट क्यामेरा रहेको छ । ग्यालेक्सी ए ०४ इ को ६.५ इन्च स्क्रिन रहेको छ भने १६०० पिक्सेल रेसोलुसनसाथ आउँछ । यसमा रहेको पाँच हजार एमएएच ब्याट्री ४० घण्टासम्म रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?