‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्दै नूतन श्रेष्ठ

Read Time = 2 mins

काठमाडौं । ‘मिस्टर नेपाल वर्ल्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगितामा पठाउन लागेको हो ।

यो वर्ष ‘मिस्टर वर्ल्ड ’ आयोजना नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

आगामी २ देखि १२ फेब्रुअरीसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारीसमेत गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषहरूको सहभागीता रहने ‘मिस्टर ग्लोवल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।

श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ का विजेता पनि हुन् । ‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिस्प्रर्धिलाई पछि पार्दै उपाधि चुमेका थिए ।

‘मिस्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । ‘उपाधिको अलावा नेपाली कला संस्कृति, पर्यटन प्रवर्द्धनसमेत प्रतियोगितामा गर्नेछु,’ उनले थपे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?