प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने, सरकारमा भने सहभागी नहुने एकीकृत समाजवादीको निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्ड २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । २५ पुसमबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ ।

२६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?