वाम एकताका लागि वार्ता गर्न नेकपा एसद्वारा ४ सदस्यीय कार्यदल गठन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रिय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको छ ।

बिहीवार पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय ४५ औं सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।

बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहनुभएको पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्नथ खतिवडाले बताउनु भयो । उहाँले कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले गत पोलिटब्युरो बैठकबाट एउटा प्रश्ताव पारित गरेका थियौँ । हामी वाम एकताको लागि विभिन्न ढंगले पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले शुरुवात गर्ने भनेर निर्णय गरेका थियौँ । यसै विषयमा व्यापक छलफल गरेका छौँ । विगतमा हामीले बनाएको एउटा कमिटी थियो, जसले ४÷५ वटा पार्टीलाई हाम्रो पार्टीमा समावेश गरेको थियो । एकीकृत भएका थियौँ । त्यसलाई सँगै पूरा गर्ने जिम्मेवारी पूरा गर्न कमरेड महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल ४ सदस्यीय वाम एकता सम्बन्धी कार्यदल गठन गरेका छौँ । यो कार्यदलले वामपन्थीहरुसँग छलफल गरी निस्कर्ष निकाल्नेछ ।’

उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रश्ताव नै सरकार पक्षका पार्टीहरुले नगरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?