बाजुराका पाँचवटा शहरी स्वास्थ्य संस्था लगातारको बन्दले सेवाग्राही मार्कामा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाका पाँच वटा शहरी स्वास्थ्य संस्था लामो समयदेखि बन्द हुँदै आएका छन् । केही वर्ष अघि बडिमालिका नगरपालिकाका स्थानीयहरुको गाउँमै स्वास्थ्य सेवा दिने गरी सुचारु गरिएका ती शहरी स्वास्थ्य संस्था अहिले महिनौं आइपुग्दा पनि बन्द गरिएका छन् ।

स्वास्थ्य संस्था बन्द गरिएपछि अहिले गाउँमा बिरामीहरु स्वास्थ्यमा आएर दिनानुदिन स्वास्थ्यकर्मीको बाटो कुर्दैै बस्ने गरेका छन् । बडिमालिका नगरपालिकाको वडा नं -१ को पाटा शहरी स्वास्थ्य केन्द्र, पिनालेख शहरी स्वास्थ्य केन्द्र -९ को मेलकांध शहरी स्वास्थ्य केन्द्र, -५ को मना शहरी स्वास्थ्य केन्द्र,-६ को कोर्ध शहरी स्वास्थ्य केन्द्र झण्डै तीन हप्तादेखि बन्द हुँदै आएका छन् ।

२०७९ मङ्सिरमा बसेको बडिमालिका नगरपालिकाको १३ औँ कार्यपालिकाको बैठकले ती संस्थामा काम गर्दै आएका करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि अहिले ती स्वास्थ्य संस्था कर्मचारीविहीन बनेका हुँन् ।

बडिमालिका नगरपालिका –१ पाटाका स्थानीय लालबहादुर हमालले, चिसोको कारण गाउँमा रुघाखोकी आउँमासी, झाडापखाला, निमोनियालगायतका विभिन्न प्रकारका बिरामी बढ्दै गएका छन् । यता, स्वास्थ्य संस्था भने तीन हप्तासम्म बन्द हुँदै आएको बताउनुभयो ।

यता, ‘संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनिएको छ तर स्थानीय सरकारले पहिला सुचारु हुँदै आएका स्वास्थ्य संस्था अहिले उल्टै महिनासम्म बन्दै गर्दै आएका छन् ।

लामो समयदेखि गाउँमै स्वास्थ्य सेवा लिँदै आएका यहाँका स्थानीयले यतिबेला सामान्य उपचारका लागि पनि जिल्ला स्वास्थ्यमै जानुपर्ने अवस्था आएको हमालले बताउनुभयो ।

बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले कर्मचारी नभएकोले ती शहरी स्वास्थ्य बन्द भएकाे बताउनु भयाे । नगरपालिकाले ती स्वास्थ्यमा काम गर्ने कर्मचारीका लागि नयाँ विज्ञापन खोलेको छ । दुई चार दिनभित्रै सबै स्वास्थ्य संस्थामा कर्मचारी पुग्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?