तिलोत्तमामा १ सय १० घरपरिवारलाई लालपुर्जा वितरण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नं १५ र वडा नं १७ गाउँब्लकमा रहेका भूमिविहीनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा वडा नं १७ वडा कार्यालयको हल गैगोलियामा आज एक कार्यक्रम बीच नगरपालिकाको गाउँब्लकमा रहेका १ सय १० घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

लाल पुर्जा बाँड्दै नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा लालपुर्जा वितरण गर्नु भयो ।नगरपालिका वडा नंम्बर १५ र १७ को गाउँब्लकमा रहेका भूमिविहीनलाई लालपुर्जा वितरण गर्दै खाणले आगामी दुई वर्षसम्म गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिने गरी काम अगाडि बढाइएको जानकारी दिनु भयो ।

भूमिहिन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु भएको भन्दै दुई बर्षमा तिलोत्तमा भित्रका रहेका सबै गाउँब्लकमा भूमिविहीनलाई लालपुर्जा वितरण गरिने नगर प्रमुख खाणले बताउनु भयो ।

यसै अबसरमा नगर उप प्रमुख जागेश्वर देवि चौधरीले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताउनु भयो ।जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जावीहिन बनिरहेकाको लागि धन्नै ५५ बर्षमा लालपुजा वितरण गरिएको वडा नं १७ का वडा अध्यक्ष दान बहादुर चौधरीले बताउनु भयो।

धेरै बर्ष पछि नागरिकहरुलाई खुसि दिन सकिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।नापि कार्यालय भैरहवाका कार्यालय प्रमुख सुक्रिम यादवले स्थानियतहले क्रमिक रुपमा काम गर्ने वातावरण बनाईदिएमा दुई ढाईबर्षमा रुपन्देही मा रहेका सबै गाउँब्लकका सुकुम्बासीलाई जग्गा लाल पुर्जा दिन आफु सक्रिय भएर लाग्ने बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?