जितसँगै बार्सिलोना अन्तिम १६ मा

Read Time = 2 mins

बार्सिलोना । सिएफ इन्टरसिटीमाथि अतिरिक्त समयमा चार-तीनको जित निकाल्दै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा स्थान बनाएको छ । बार्सिलोनाको जितमा रोनाल्ड एराउजो, औसमाने डेम्बेले, राफिन्हा र अन्सु फातीले एक-एक गोल गर्नुभयो । इन्टरसिटीका ओरिओल सोल्डेभिलाले हृयाट्रिक गर्नुभयो ।

खेलको चौथो मिनेटमा एराउजोको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । ५९औँ मिनेटमा ओरिओल सोल्डेभिलाले बराबरी गोल फर्काउनुभयो । ६६औँ मिनेटमा डेम्वेलेको गोलबाट बार्सिलोनाले पुनः खेलमा अग्रता बनायो । ७४औँ मिनेटमा ओरिओल सोल्डेभिलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।

७७औँ मिनेटमा राफिन्हाले गोल गर्दै पुनः बार्सिलोनालाई खेलमा ३-२ ले अघि बढाउन नपाउँदै ८६औँ मिनेटमा ओरिओल सोल्डेभिलाले हृयाट्रिक पूरा गरेपछि निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा टुंगिएको थियो । अतिरिक्त समयको १३औँ मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा पुनः ४-३ को जित दिलाउनुभएको हो ।

यता, अर्को खेलमा सेभियाले मोरक्कोका फरवार्ड युसुफ इन न्यास्रीको हृयाट्रिक मद्दतमा लिनारेस डिपोर्टिभोलाई ५-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । न्यास्रीले ३७, ४० र ७४औँ मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गर्नुभएको थियो । ६९औँ मिनेटमा एरिक लमेलाले गोल गर्दा ५७औँ मिनेटमा लुसियानोले आत्मघाती गोल गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?