चैतमा माहाधिवेशन गर्दै नेपाल चलचित्र कलाकार संघ, अध्यक्षमा मोहन निरौला उठ्ने

Read Time = 2 mins

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको १९औं महाधिवेशन अगामी ४ चैतमा आयोजना हुनेभएको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बुधबार बसेको संघको कार्यसमिति बैठले सो निर्णय गरेको हो ।

संघको विधानअनुसार वर्तमान कार्यसमितिको पदावधी सकिएकाले बैठले सोही महाधिवेनबाट नयाँ कार्यसमितिको चयन गर्ने निर्णयसमेत गरेको कलाकार संघले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । संघका सदस्यलाई सदस्यता नवीकरणका लागि फागुन ४ गतेसम्म समय तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

संघले अधिवेशनको मिति घोषणा गरेलगत्तै कलाकार मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँ संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता हुनुहुन्छ । आफूले लामो समयदेखि संघमा रहेर काम गरेकाले यसपटक अध्यक्षमा उठ्न लागेको निरौलाले बताउनुभयो ।

‘आर्दश नारी’, ‘बेहुली’, ‘तिरहरी’, ‘स्वर्ग’, ‘नाता’, ‘आर्शिवाद’, ‘जन्म मत्यु’, ‘अजम्बरी नाता’, ‘रावण’, ‘अलविदा’लगायत सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएका निरौला ‘सम्पति’, ‘पुकार’, ‘जन्मभूमि’ जस्ता चलचित्रका निर्देशक समेत हुनुहुन्छ । नेपाली कला, साहित्य, संस्कृति र चलचित्र क्षेत्रमा भएको अतिक्रमणविरुद्ध लड्न उहाँले ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’समेत चलाउँदै आउनुभएको छ । यसैबीच चलचित्र अभिनेता सविन श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?