डा.उपाध्यायको उपन्यास ‘कफी लभ’ युट्युबमा

Read Time = 2 mins

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको उपन्यास ‘कफी लभ’ युट्युबमा सार्वजनिक भएको छ । गीतसंगीत तथा विविध विधामा १ सय ३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्यायको १३औं कृति कफी लभ उहाँकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । उपन्यासको भोइस-ओभर गणेश सुवेदीले गर्नुभएको हो ।

‘पढनका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढन सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास सार्वजनिक गरेको हुँ’, डा.उपाध्यायले भन्नुभयो । उहाँका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो ।

कीर्तिमानी डा.उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् । यतिबेला १६औं उपन्यास लेखिरहेको उहाँले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?