‘गुञ्जन’ चलचित्रको ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘गुञ्जन’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच यही पुसको २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

प्रेमकथामा निर्माण भएको यो चलचित्रमा सारा सिर्पाइली, प्रितमराज सेञ्चुरी, कबिर खड्का, सरोज खनाल, हिउँवाला गौतमलगायतको शीर्ष भूमिका हुनुहुन्छ । अष्टमान महर्जनले निर्देशन गर्नुभएको चलचित्रमा महेश दवाडीको लेखन छ । चलचित्रलाई हिराकृष्ण शाही र सुनिता शाहीले निर्माण गर्नुभएको हो ।

विगत दुई दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आउनुभएका अष्ट महर्जनको यो निर्देशन डेब्यु चलचित्र हो । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अष्ट महर्जनले चलचित्र निर्माणमा आफूले कुनै कसुर बाँकी नराखेको जिकिर गर्नुभयो । ‘मैले फिल्म क्षेत्रमा सिकेको सबै अनुभव फिल्ममा खन्याएको छु’ निर्देशक महर्जनले भन्नुभयोे ।

आफू लामो समयदेखि फिल्म क्षेत्रमा एक्सन विधामा कार्यरत भए पनि निर्देशनको सुरुवात प्रेमबाट गर्न प्रेमकथाको चलचित्र बनाएको बताउनुभयो । चलचित्रको वितरण काठमाडौंमा जिजिए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?