काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच बुधबार प्रायोजन सम्झौता पनि भएको छ । ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौता पत्र आदान प्रदान भयो ।
सो सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपियाँ मध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेरटीले वेहोर्ने बताइएको छ ।
प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, थाइल्यान्ड, युएइ, जापान, फ्रान्स, इङ्गल्यान्ड, दक्षिण कोरियाका करबि पाँच सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रतियोगितमा पुरुष/महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा खेल हुने छ ।
एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दस हजार तथा तेस्रोलाई पाँच हजारबाट पुरस्कृत गरिने छ । प्रतियोगितको कूल पुरस्कार राशी पाँच लाख रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच