यस्तो छ तपाईंको पुस २२ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ पुस २२ गते शुक्रबार, ई.सं ६ जनवरी, २०२२ । तिथि- पौष शुक्लपक्ष पूर्णिमा, नक्षत्र- आद्र्रा, योग- ब्रह्म, करण- भद्रा, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः५७, सूर्यास्तः १७ः२२ ।

मेष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउलान् ।

मिथुन : हतारको निर्णयले काम बिग्रनेछ ।

कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

कन्या : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

तुला : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

वृश्चिक : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मीन : सुखद् समाचारले उत्साह जगाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?