भोजपुर । संखुवासभाको मकालु गाउँपालिका भित्रका शिक्षकहरुलाई दुई दिने क्षमता अभिबृद्धि सम्वन्धी तालिम प्रदान गरिएको छ । शिक्षकको क्षमता बिकासका लागि मकालु गाउँपालिका र युडब्लुएस नेपाल संखुवासभाको सहकार्यमा तालिम संचालन भएको हो ।
मकालु गाउँपालिका भित्र रहेका ४५ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय गरि जम्मा ४६ विद्यालयका ५७ जना शिक्षकहरुको तालिममा सहभागिता रहेको थियो । शिक्षण सिकाई, प्रभावकारी पाठयोजना निर्माण, विद्यार्थी सहभागिता, सकारात्मक व्यवहार व्यवस्थापन लगायतका बिषयमा शिक्षकलाई तालिम प्रदान गरिएको थियो ।
मकालु आधारभुत विद्यालय, मकालु वडा नम्वर २ सेदुवाका शिक्षक ज्ञान बिक्रम राईले भन्नुभयो, “तालिमले आगामी दिनमा विद्यालयमा शिक्षण सिकाई कृयाकलापलाई प्रभावकारी ढंगबाट अगाडी बढाउन मद्दत पुर्याएको छ ।” तालिममा सिकेको कुरा अव बिद्यालयमा कार्यान्वयन गर्ने सहभागी शिक्षकहरुको भनाई रहेको छ ।
गाउँपालिका उपाध्यक्ष मनकला राईले यस किसिमको तालिमहरुले शिक्षकहरुलाई विद्यालयमा गई शिक्षण गर्न थप उर्जा मिल्ने बताउँदै सिकेको सिपलाई विद्यालयमा प्रयोग गर्न शिक्षकहरुलाई आग्रह गर्नु भयो । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईन्द्र बहादुर दर्जीले शिक्षकहरुलाई प्रदान गरिएको तालिमले बिद्यालयमा कार्यरत शिक्षकहरुलाई राहत मिलेको बताउँदै आगामी दिनहरुमा पनि युडब्लुएस नेपालसँगको सहकार्यमा शिक्षकहरुलाई थप तालिमको योजना गाउँपालिकाले गरिरहेको बताउनुभयो ।
शिक्षा क्षेत्रमा काम गर्दे आई रहेको संस्था युडब्लुएस नेपालका शिक्षा अधिकृत अमृत ढकाल र सुष्मा घिमिरेले तालिमको सहजीकरण गर्नु भएको थियो । संस्थाका संखुवासभा शिक्षा संयोजक आशिष अधिकारीले भन्नुभयो, “संखुवासभा जिल्लाका अन्य स्थानीय तहहरुसँग पनि सहकार्य र समन्वय गर्दे आगामी दिनहरुमा पनि शिक्षकहरुका लागि आवश्यक तालिम संचालन गर्न संस्था सदैब तत्पर छ ।”
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका