एक वर्षमा सर्लाहीमा मात्र ३० बिगाहमा लगाएको गाँजा फडानी

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा यस वर्ष पनि गाँजा खेती मौलाएको छ । चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको हो । गाँजा पाकेर भित्र्याउने बेलामा भने प्रहरीले फाँड्न थालेको छ । सिन्धुलीसँगै सीमा जोडिएका ती बस्तीहरू जिल्लामा अति दुर्गम मानिन्छन् । विकट भएकाले पनि स्थानीयले ढुक्क भएर गाँजा खेती गर्दै आएका हुन् । कतिपय व्यापारीकै लगानीमा पनि यहाँ गाँजा खेती हुने गरेको छ । गाँजा खेतीमा प्रतिबन्ध लगाइए पनि अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने भएकाले यो खेतीतर्फ आकर्षित भएको स्थानीयको भनाइ छ ।

बेलैमा प्रहरीले आवश्यक कदम नचाल्दा गाँजा खेती मौलाएको जानकारको भनाइ छ । उनीहरुको अनुसार लागूऔषधको रूपमा रहेको गाँजा व्यापारीले किसानको जग्गा ठेक्कामा लिएर पनि लगाउने गरेका छन् । प्रहरी प्रशासनको कमजोर उपस्थितिको फाइदा उठाउँदै गाँजा खेती हुने गरेको हो ।

यस क्षेत्रको गाँजा जिल्लाको ग्रामीण सडक हुँदै भारतसम्म पु-याउने गरिएको छ । प्रहरीले बेलाबखत त्यस्ता गाँजा बरामदसमेत गर्ने गरेको छ । चार वर्षअघि नारायणखोलामा गाँजा प्रशोधन केन्द्रसमेत प्रहरीले फेला पारेको थियो । त्यहाँ ठूलो मात्रामा गाँजा पनि बरामद भएको थियो । यस वर्ष पनि प्रशोधन केन्द्रको खोजतलास भइरहेको छ । आइतबारदेखि गाँजा फडानी गर्न अभियान थालेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनु यभो । उक्त दिन लालबन्दी नगरपालिका–१४ नारायणखोलास्थित ८ बिघामा लगाइएको गाँजा फाँनी गरेको प्रहरीले अहिले संम ३० बिगाहमा लगाएको गाँजा फडानी गरेको दाबी गरेको छ । शुक्रवार वाट ईश्वरपुरको चुरे बस्तीमा पर्ने गुइडुङ क्षेत्रको फडानी सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

‘कानुनले बन्देज लगाएको गाँजा खेती अभियानकै रूपमा निस्तेज पार्नेछौं,’ सुवेदीले भने । चुरेभेगका अन्य क्षेत्रमा पनि गाँजा खेती भइरहेको सूचना आइरहेकाले क्रमैसँग नष्ट गरिने उनले बताए । उनका अनुसार हरिवन, लालबन्दी र ईश्वरपुरको चुरे बस्तीका अधिकांश खेतबारीमा गाँजा खेती हुने गरेको छ । यो क्षेत्रका कतिपय स्थानमा बाहिर मकै बाली लगाएर भित्र गाँजा खेती पनि गर्ने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?