सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

Read Time = 1 min

सप्तरी । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदा रहेका छन् ।

बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष  मुनिलाल मुखियाले जानकारी दिनुभयो ।

खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन  छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?