पहिलो क्वालिफायरमा जनकपुर र लुम्बिनी भिड्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको आइतबार हुने पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स भिड्ने भएका छन् । टियु मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गर्दै जनकपुर क्वालिफायरमा प्रवेश गरेको हो ।

लुम्बिनी भने यसअघि नै क्वालिफायरमा पुगिसकेको थियो । लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा र जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भएका हुन् । जितका लागि १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा सात विकेट गुमाएर १३६ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाउँदा लाहिरू मिलन्थाले ३२ रन बनाउनुभयो । त्यस्तै, सुनिल धमलाले २७ रन जोडनुभयो भने गुलशन झाले अविजित १० रन बनाउनुभयो ।

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले तीन विकेट लिनुभयो भने समिउल्लाह शिनवारीले दुई विकेट झार्नुभयो । त्यसअघि पहिले टस हारेर ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा छ विकेट गुमाएर १५९ रन बनायो । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रनको योगदान दिनुभयो । त्यस्तै, शरफुदिन असरफले ३४ रन बनाउनुभयो भने खडक बोहोराले २२ तथा शमिउल्लाह शिनवारीले २० रन बनाउनुभयो । लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान दुई-दुई विकेट लिनुभयो भने प्याट ब्राउन र इशान पाण्डेले समान एक-एक विकेट लिनुभयो ।

दश खेल खेलेको लुम्बिनीले आठमा जित तथा दुई खेलमा हार बेहोरेको छ । लुम्बिनी १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १० खेलमा सात जित र तीन हारसहित जनकपुर १४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहृयो । अब फाइनलमा पुग्न लुम्बिनी र जनकपुरले आइतबार हुने पहिलो क्वालिफायर खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?