नवल नेपालको निर्देशनमा ‘चौतारी’

Read Time = 1 min

काठमाडौं । नवल नेपाललेको निर्देशनमा रहेको लघुचलचित्र ‘चौतारी’ सार्वजनिक भएको छ । ओ. एस. आर डिजिटलमार्फत सार्वजनिक यो लघुचलचित्रमा दुई पुस्ता माझको अपेक्षा अनि देखेका कुरा सबै सत्य हुँदैनन भन्न खोजिएको छ साथै उमेरले उत्पन्न गर्ने आवेग र त्यसको नियतीलाई दर्शाउन खोजिएको छ ।

यो कथालाई दिनेश न्यौपाने र नवल नेपालले संकलन गर्नुभएको हो । १६ मिनेट अवधिको यस चलचित्रलाई हरि ढकाल र गीता ढकालले निर्माण गर्नुभएको हो । मदन काश्यपले छायाँकन र निरौलाले सम्पादन गर्नुभएको चलचित्रमा वसन्त भट्ट, मिना ढकाल, विकाश लामिछाने र सिम्रन खड्काको अभिनय छ भने प्रिया न्यौपानेको अतिथी भुमिकामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?