अर्थ र राजस्व सचिवद्वारा पदभार ग्रहण

Read Time = 1 min

काठमाडौं । अर्थसचिव तोयम राया र राजस्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गर्दै सचिवद्वय कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दंगाललाई बिदाइ गर्नुभयो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायालाई अर्थसचिव र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजस्व सचिवमा सरुवा गरेको थियो ।

सरकारले अर्थसचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राजस्व सचिव दंगाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?