गरिमाको १४.५० प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । गरिमा विकास बैंकको १६औँ वार्षिक साधारणसभाले प्रस्तावित १४.५० प्रतिशत लाभांश पारित गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश पारित गरेको हो ।

लाभांश पारितसँगै बैंकको चुक्ता पुँजी पाँच अर्ब १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । साथै साधारणसभाले बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको हो ।

त्यस्तै, सभाले गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखालाई सम्मान गरेको छ । बैंकको आन्तरिक मूल्यांकनअनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने शाखामा प्रथम पुतलीबजार, दोस्रो इमाडोल, तेस्रो बयरघारी र चौथोमा हेम्जा शाखा सम्मानित भएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?