घुस लिएको अभियोगमा कम्प्युटर अपरेटरविरुद्ध मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग ११ हजार बराबरको घुस लिएको पाइएको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिई गएको टोलीले असोज ३१ गते पाँच हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारको दाबी छ । अख्तियारका अनुसार उनले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग भदौमा थप ६ हजार रुपैयाँ घुस लिएका थिए ।

उनले ११ हजार घुस लिएको पुष्टि हुन आएकाले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा यादवलाई ११ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवानाको सजाय मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?