मकालु गाउँपालिकाका शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । संखुवासभाको मकालु गाउँपालिकाभित्रका शिक्षकहरूलाई दुईदिने क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिएको छ । शिक्षकको क्षमता विकासका लागि मकालु गाउँपालिका र युडब्लुएस नेपाल संखुवासभाको सहकार्यमा तालिम सञ्चालन भएको हो । मकालु गाउँपालिकाभित्र रहेका ४५ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय गरी जम्मा ४६ विद्यालयका ५७ जना शिक्षकहरूको तालिममा सहभागिता रहेको थियो । शिक्षण सिकाइ, प्रभावकारी पाठयोजना निर्माण, विद्यार्थी सहभागिता, सकारात्मक व्यवहार व्यवस्थापनलगायतका विषयमा शिक्षकलाई तालिम प्रदान गरिएको थियो ।

मकालु आधारभूत विद्यालय, मकालु-२ सेदुवाका शिक्षक ज्ञानविक्रम राईले भन्नुभयो, ‘तालिमले आगामी दिनमा विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन मद्दत पु¥याएको छ ।’ तालिममा सिकेको कुरा अब विद्यालयमा कार्यान्वयन गर्ने सहभागी शिक्षकहरूको भनाइ रहेको छ ।

गाउँपालिका उपाध्यक्ष मनकला राईले यस किसिमका तालिमहरूले शिक्षकहरूलाई विद्यालयमा गई शिक्षण गर्न थप ऊर्जा मिल्ने बताउँदै सिकेको सीपलाई विद्यालयमा प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो । यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर दर्जीले शिक्षकहरूलाई प्रदान गरिएको तालिमले विद्यालयमा कार्यरत शिक्षकहरूलाई राहत मिलेको बताउँदै आगामी दिनहरूमा पनि युडब्लुएस नेपालसँगको सहकार्यमा शिक्षकहरूलाई थप तालिमको योजना गाउँपालिकाले गरिरहेको बताउनुभयो ।

शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको संस्था युडब्लुएस नेपालका शिक्षा अधिकृत अमृत ढकाल र सुष्मा घिमिरेले तालिमको सहजीकरण गर्नुभएको थियो । संस्थाका संखुवासभा शिक्षा संयोजक आशिष अधिकारीले भन्नुभयो, ‘संखुवासभा जिल्लाका अन्य स्थानीय तहहरूसँग पनि सहकार्य र समन्वय गर्दै आगामी दिनहरूमा पनि शिक्षकहरूका लागि आवश्यक तालिम सञ्चालन गर्न संस्था सदैव तत्पर छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?