काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ आइतबार विहान काठमाडौं आउने हुनुभएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उहाँ निर्धारित मितिभन्दा करिब दुई हप्ता ढिला नेपाल आउन लाग्नुभएको हो । यसअघि उहाँ १२ पुसमा काठमाडौं आउने तालिका थियो।
परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ्ग सिनले राजदूत सोङलाई स्वागत गर्नुहुनेछ ।
सोङ दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनितिज्ञ हुनुहुन्छ। उहाँ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उपमहानिर्देशक हुनुहुन्थ्यो ।
चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका