भारतमा अत्याधिक चिसोका कारण एकैदिन २२ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कानपुर। भारतको उत्तर प्रदेशमा शीतलहरबाट सिर्जित चिसोले एकैदिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ ।

लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्यांकानुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरंग विभाग (ओपीडी) मा ७२३ जना मुटुका बिरामी आएका थिए ।

तीमध्ये अस्पतालमा सातजनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल नआइपुग्दै मृत घोषणा गरिएको थियो । मृतमध्ये अधिकाँश निम्न बर्गिय घरबार बिहीन रहेका छन् ।

अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको र त्यसले हृदयाघात निम्त्याएको बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?