सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान जारी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि शुरु भएको मतदान जारी छ ।

मतदान दिउँसो ३ बजे सम्पन्न हुनेछ । त्यसपछि मतगणना प्रारम्भ गरिने छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उम्मेदवारी दिनुभएको छ भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदिशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले हुनुहुन्छ। सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा हुनुहुन्छ ।

सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सजिता शाक्य उम्मेदवार हुनुहुन्छ । एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ। एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेल हुनुहुन्छ ।

सदस्यमा लोकतान्त्रिक समूहबाट इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी र बद्रीराज भट्ट रहनुभएको छ। प्रगतिशीलबाट विवेककुमार पौडेल, प्रभुजी पन्त, विनोदकुमार श्रेष्ठ, वीरेन्द्र महर्जन, प्रभाकर श्रेष्ठ, अनुपराज उप्रेती र रमेशराज शर्मा सिग्देल चुनावी मैदानमा हुनुहुन्छ । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ । सर्वोच्च बारमा छ सय २१ मतदाता छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?