विद्यार्थीलाई न्यानो कपडा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-१, हस्तिचौरमा रहेको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लब नेपाल गुल्मीद्वारा सो वडाको रातचौर प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा गरिएको हो ।

त्यस अवसरमा राधा माधव समितिका संयोजक महाशर्मा भण्डारी, इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्का, उपप्रमुख पार्वती कुँवर लगायतले विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गर्नुभएको हो । कपडा हस्तान्तरण गर्नुहुँदै गाउँपालिका प्रमुख खड्काले यसरी वडामा आएर बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरेको प्रति खुसी हुँदै धन्यवाद समेत व्यक्त गर्नुभयो । शिक्षाको क्षेत्रमा विभिन्न योजना बनाएर गाउँपालिका अगाडी बढिरहेको उहाँले बताउनुभयो ।

यस संस्थाको उदेश्य भनेको नै सेवा गर्ने रहेको हुँदा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको राधा माधव समितिका संयोजक महाशर्मा भण्डारीले बताउनुभयो । क्लबमा आबद्ध सम्पूर्ण सदस्यहरुले खाजा खर्चबाट कटाएर बचत गरेको रकमले विपन्न परिवारका विद्यार्थीहरुका लागि न्यानो कपडा किनेर वितरण गरेको राधा माधव समितिका सचिब ताराप्रसाद भुसाल जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई न्यानो कपडा स्वीटर, टोपी सहित शैक्षिक सामग्री राख्नको लागि झोला समेत उपलब्ध गराइएको थियो । बालबालिकाहरु स्वीटर, टोपी र झोला पाउँदा अत्यन्तै खुसी देखिएका थिए । यस विद्यालयमा अध्ययन गर्ने १७ जना विपन्न परिवारका बालबालिकालाई राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लब नेपाल गुल्मीले न्यानो कपडा वितरण गरेको विद्यालयका प्रधानाध्यापक दिपक कुँवरले बताउनुभयो ।

प्रधानाध्यापक कुँवरका अनुसार यस विद्यालय कक्षा-५ सम्म सञ्चालनमा थियो । बसाईसराइका कारण विद्यार्थी संख्यामा कमी आई अहिले १७ जना बालबालिका अध्ययनरत रहेका छन् । जसमा बालविकासमा दश जना र कक्षा १ मा सात जना बालबालिका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?