इरानमा मृत्युदण्डको सजाय पाएका प्रदर्शनकारीका परिवारसँग अन्तरवार्ता लिने पत्रकार पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

तेहरान । मृत्युदण्डको सजाय पाएका प्रदर्शनकारीका परिवारसँग अन्तरवार्ता लिने एक इरानी पत्रकारलाई पक्राउ गरिएको उनकी श्रीमती र इरानी मिडियाले बताएका छन् । मेहदी बेकलाई बिहीबार राति हिरासतमा लिइएको सुधारवादी अखबार एतेमादले जनाएको छ । उनी सोही अखबारमा काम गर्छन् ।

उनको गिरफ्तारीको कारण थाहा छैन । सरकार विरोधी प्रदर्शनकारीमाथि चरम दमन भइरहेका बेला उनको गिरफ्तारी भएको हो ।  प्रहरी हिरासतमा एक इरानी कुर्दिश महिलाको मृत्यु भएपछि इरानमा महिनौंदेखि चलिरहेको विरोध प्रदर्शनले हलचल मच्चाएको छ।

प्रदर्शनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ पक्राउ परेका छन् । प्रदर्शनप्रति विभिन्न पेसा र वर्गका मानिसले ऐक्यबद्धता जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?