गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता

रासस
रासस
Read Time = 3 mins

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरेको हो ।

पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । “गर्भवती अस्पतालसम्म पुग्न मान्दैनन्, आमा र बच्चा स्वस्थ जन्मिनुपर्छ, त्यसैले प्रोत्साहनका लागि प्रयास गरिएको हो”, उहाँले भन्नुभयो ।

गर्भवतीले स्वास्थ्य परीक्षण गराएबापत उक्त रकम तत्काल उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले बताउनुभयो । गर्भवतीले आवश्यक मात्रामा गर्भ परीक्षण नगराउँदा सुत्केरी हुने समयमा समस्या हुनसक्ने भएकाले जटिल समस्याबाट जोगाउन यस्तो निर्णय गरेर सहज बनाउने प्रयासमा रहेको उहाँले बताउनुभयो । निर्णय सर्वसम्मत पारित भइसकेकाले अब तत्काल कार्यान्वयनमा लगिने उहाँले बताउनुभयो ।

यसका साथै गर्भवतीलाई सुत्केरी हुने समयमा अस्पतालसम्म पुर्‍याउन र घरसम्म ल्याउन आवश्यक परेमा गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय पारित भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको बजेट रु ६० करोड रहेको गाउँपालिकाले जनाएको छ । त्यसमा आन्तरिक स्रोततर्फ रु एक करोड ६० लाख रहेको प्रवक्ता दरैले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसभामा पालिकाको कूल बजेट रु ६१ करोड ६० लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
कांग्रेसको १५औँ महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी बाढीले जीर्ण बनाएको कोल्पुखोला पुल, जोखिम मोलेरै आवतजावत दशैँमा घर फर्किने यात्रुलाई २३ असोजदेखि अग्रिम टिकट खुल्ने कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो  सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्ने तयारी, भोलि साँझ ५ बजे बजेट प्रस्तुत… एमालेको निष्कर्ष– चुनावी हार अध्यक्ष ओलीको व्यक्तिगत असफलता होइन महामन्त्री बन्ने दौडमा सुनिल शर्मा, कांग्रेस बदल्ने यस्तो छ एजेन्डा अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँ : कानूनमन्त्री गौतम नेपाली काँग्रेसको १५ औं महाधिवेशन : नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने