गठबन्धन गरेको र टिकाउन नसकेको विषयमा केन्द्रिय समितिको बैठकमा छलफल हुन्छ : महामन्त्री थापा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताउनुभएको छ ।

शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदका दोस्रो, तेस्रो लगायत अन्य दलहरुले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पार्नुभएको हो ।

उहाँले आफ्नो व्यक्तिगत धारणा भएपनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताउनु भयो । उहाँले अन्य दलहरु मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा काँग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गर्नुभयो । उहाँले नेपाली काँग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘२६ गते जुन दिन संसदमा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रश्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौँ । त्यो बैठकमा निर्णय गर्नेछौँ । नेपाली काँग्रेस पार्टीले यो बेलामा संसद भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रश्तुत गरेपछि त्यहाँ विश्वासको मत ति दिने कुरा सामान्य छलफलको विषय होइन, हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली काँग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ, प्रतिपक्षमा बस्छ भन्नेकुरा स्पष्ट छ ।’

महामन्त्री थापाले नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताउनु भयो ।

उहाँले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रिय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक पुस २८ गतेबाट बस्दैछ । त्यो बैठकमा निर्वाचनको, राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शी रुपमा छलफल गर्नेछौँ ।’

महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर काँग्रेसको प्रतिष्ठामाथि आँच पु¥याउन खोजेको बताउनु भयो । उहाँले जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरुसँग पार्टी सभापति शेरबहाुरद देउवासँगको भेट शीर्ष नेताहरुबीचको सामान्य भेटघाट रहेको स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई काँग्रेसले प्रधानमन्त्रीमा प्रश्ताव गर्ने भन्नेकुरा निराधार रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अरु दलहरुका नेताहरु सभापतिसँग भेट्न उहाँहरु नै समय मागेर आउनुभएको हो, शीर्ष नेताहरुको बीचमा सामान्य छलफल हो, काँग्रेसले अरु पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो, कानूनले नै मिल्दैन ।’

महामन्त्री थापाले केन्द्रिय समितिको बैठकबाट नीति अधिवेशनको तिथि,मिति ठाउँ तय हुनेपनि बताउनु भयो । उहाँले नीति अधिवेशन कसैलाई मागेको नभइ आफ्नो गर्ने कामको बारेमा जानकारी गराएको बताउनु भयो ।

केही समयअघि पार्टी महामन्त्री थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको माग गरेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन : पूर्वमुख्यसचिव बैरागी निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ : कृष्ण सिटौला ५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगन थापालाई मोहन बस्नेतको चुनौती कांग्रेसलाई एकताबद्ध बनाउन देउवाको भूमिका निर्णायक : लेखक मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका लघुवित्तपीडित गेटमै रोकिए न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षको भूमिका आवश्यक : न्यायाधीश ढुंगाना अभिनेत्री वर्षा सिवाकोटीले नाइमा २०२६ मा गरिन् एमजी एस६ बुकिङ मन्त्री स्टन्टमा व्यस्त, बजारमा जनताको याचना-‘सरकार ! ग्यास देऊ’ बागलुङमा पहिरोले दर्जन घरमा क्षति, ४० घर जोखिममा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनीयताको शपथ