नितिनसहित चार खेलाडी खुमलटारमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मिडफिल्डर नितिन थापासहित चार खेलाडी ‘ए’ डिभिजनको नवप्रवेशी खुमलटार फुटबल क्लबमा अनुबन्धित हुनुभएको छ । खुमलटारले मिडफिल्डर नितिनसहित अर्का मिडफिल्डर मनिष थापा, फरवार्ड राजीव लोप्चन र डिफेन्डर एन्जल गुरुङलाई क्लबमा अनुबन्ध गरेको हो ।

नितिन मनाङ मस्र्याङ्दी क्लब छाडेर खुमलटारमा अनुबन्ध हुनुभएको हो । मनिष र एन्जल गुरुङले हिमालयन शेर्पा क्लब तथा राजीव च्यासलबाट खुमलटार पुग्नुभएको हो । च्यासल गत सिजन रेलिगेसनमा परेको टोली हो । खुमलटार गत सिजन ‘बी’ डिभिजनमा दोस्रो भएर शीर्ष डिभिजनमा उक्लिएको टोली हो ।

शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै तीन लाख पु¥याइएको छ ।

मोस्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको विजेता क्लबले म्याच मनिबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?