काठमाडौं र विराटनगर प्लेअफमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्स नेपाल टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेका छन् । पोखरा एभेन्जर्स शनिबार भएको खेलमा फारवेस्ट युनाइटेडसँग ४१ रनले पराजित भएपछि काठमाडौं नाइट्सले प्लेअफमा स्थान पाएको हो ।

जितका लागि १८८ रनको विजयी लक्ष्य पछ्याएको पोखरा १८.१ ओभरमा १४६ रनमा आउट भयो । पोखराका प्रतिश जिसीले ११ बलमा ५ छक्कासहित ३४ रनको इनिङ्स खेल्नुभयो । पोखराका ओपनर उपुल थरंगा २३ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३६, सुमित महर्जन १५ बलमा ३ चौकासहित १४, विशालविक्रम केसी १३ रनमा आउट हुनुभयो । फार वेस्टका दुर्गेश गुप्ताले ४ ओभरमा २९ रन खर्चेर ३ तथा हिश्मातुल्लाह शाहिदीले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको फार वेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनायो । फार वेस्टका विनोद भण्डारीले ४७ बलमा ६ चौका र २ छक्कासहित ५९ रन बनाउनुभयो ।

ओपनर हश्मातुल्लाह शाहिदी ५१ बलमा ६ चौका र २ छक्कासहित ६७, मिलिन्डा सिरिवर्धन १२ र राशिद खान १४ रनमा आउट हुनुभयो । पोखराका अभिमन्यु मिथुनले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिनुभयो ।

यस्तै, शनिबार भएको अर्को खेलमा कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा स्थान बनायो । जितका लागि १५५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ५ चौका र ३ छक्कासहित ६६ रन बनाउनुभयो । गौरान्शु शर्मा ४९ बलमा ४ चौकासहित ५१ रन, अर्जुन साउदले ७ बलमा २ चौकासहित १० रन बनाउनुभयो ।

त्यसअघि काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । काठमाडौंका एलेक्स ब्लेकले २६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाउनुभयो । ओपनर सन्तोष कार्कीले ३४ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाउनुभयो । सन्दीप रजाली २४ बलमा २ चौका र १ छक्कासहित ३० तथा ज्ञानेन्द्र मल्ल १३ बलमा २ चौका र १ छक्कासहित २२ रनमा अविजित रहनुभयो ।

लुम्बिनी १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंक जोड्दै शीर्षस्थानमा रहृयो । जनकपुर १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहृयो । यी दुई टोलीबीच आइतबार पहिलो क्वालिफायर हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग खेल्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर हुनेछ । मंगलबार दोस्रो क्वालिफायर र फाइनल बुधबार हुनेछ ।

विराटनगर सुपर किंग्स १० खेलमा पाँचमा जित र पाँचमा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । काठमाडौं १० खेलमा चारमा जित र ६ मा हारसहित आठ अंकका साथ चौथो स्थानमा रहृयो । फार वेस्ट युनाइटेड १० खेलमा तीनमा जित र सातमा हारसहित पाँचौँ स्थानमा रहृयो । पोखरा १० खेलमा तीनमा जित र सातमा हारसहित ६ अंकका साथ पुछारमा रहृयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?