✍️ स्वयम्भुनाथ कार्की
सामान्यतया कुनै वस्तु वा सेवाको मोल त्यसको माग र आपूर्तिले निर्धारण गर्छ भन्ने गरिन्छ । यो माग र आपूर्तिको मूल्य निर्धारणमा ठूलो भूमिका हुन्छ तर यसैको मात्र आधारमा मूल्य निर्धारण भने नहुन सक्छ । क्रेताको त्यो मोल चुकाउन सक्ने क्षमता, इच्छा अर्को आधार हुन्छ । त्यस्तै बिक्रेताको त्यो बिक्री गर्नुपर्ने आवश्यकताको पनि अर्को आधार हुन्छ । लिलाम बढाबढ वा ठेक्का घटाघटमा हुने मूल्य यही क्षमता र आवश्यकताको आधारमा निर्धारण हुने गर्दछ । सरकार केही वस्तु वा सेवाको मूल्यको बजारमा एकरूपता होस् भनेर सैद्धान्तिक रूपमा सजग हुन्छ ।
तर, त्यही सरकार केही वस्तु वा सेवाको मूल्य वढाबढ वा घटाघटले निर्धारण हुन दिन्छ । हुन दिने मात्र होइन यो बढाबढ वा घटाघटको एक पक्ष सरकार नै पनि हुन सक्छ । जीवनको निमित्त नभई नहुने वस्तु वा सेवाको माग आधारभूत माग हुन् । अर्थात् यस्ता माग आधारभूत आवश्यकताले पैदा गर्दछ । यस्ता मागको वस्तु वा सेवा आपूर्ति नभएमा जीवन नै समाप्त हुन सक्छ । श्वासप्रश्वासको निमित्त आवश्यक पर्ने हावा, जसको अनुपस्थितिमा प्राण जान सक्छ । यो अत्यावश्यक वस्तु भए पनि अर्थतन्त्रको दायरामा आउँदैन । किनभने हावाको माग र आपूर्तिमा कुनै किसिमको विनिमय हुँदैन ।
अर्थात् यसको विनिमयमा बजारको कुनै भूमिका हुँदैन । हावा उपभोक्ताले सो उपभोग वापत कुनै मोल चुकाउनु पर्दैन तर अन्य आधारभूत आवश्यकता अर्थात दाना, नाना, छाना प्राप्त गर्न केही न केही प्रयत्न गर्नुपर्ने हुन्छ । त्यसको निमित्त आवश्यक पर्ने वस्तु प्रकृतिमा विनामूल्य पाइने भए पनि त्यसलाई उपयोग योग्य रूपमा ल्याउन प्रयत्न वा श्रम गर्नु पर्दछ । त्योे प्रयत्न वा श्रम नै त्यसको प्राथमिक मोल हुन्छ ।
कसैको श्रमको मूल्य उसको र आश्रित परिवारको सामान्य जीवनयापनको मूल्य हो । यो श्रम अहोरात्रको नभएर श्रमयोग्य समय अर्थात् दिनको एक तिहाइ समयको हो । बाँकी रहेको दुई तिहाइ समय निन्द्रा, परिवार, समाज, धर्मकर्म आदिको निमित्त उपयोग गर्ने सनातन मान्यता छ ।
कसैको श्रमको मूल्य उसको र आश्रित परिवारको सामान्य जीवनयापनको मूल्य हो । यो श्रम अहोरात्रको नभएर श्रमयोग्य समय अर्थात् दिनको एक तिहाइ समयको हो । बाँकी रहेको दुई तिहाइ समय निन्द्रा, परिवार, समाज, धर्मकर्म आदिको निमित्त उपयोग गर्ने सनातन मान्यता छ । थोरबहुत यस्तै कुराको निमित्त विख्यात मजदुर आन्दोलन भएको भनिन्छ । अर्थात् आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन । यसरी प्राथमिक मागको निर्धारण हुन्छ आफ्नो र आश्रित परिवारको सामान्य जीवनयापनका वस्तु तथा सेवा । राज्यले यी प्राथमिक मागको आपूर्तिमा एकरूपता रहोस् र मूल्यवृद्धि हुन नपाओस् भन्ने सोच सैद्धान्तिक रूपमा राख्छ । यसले श्रमको मूल्य स्थिर राखेर मूल्यवृद्धि रोक्न मद्दत पुग्छ । हरेक सामान्य जीवनयापनको मूल्यवृद्धिले सबै वस्तु तथा सेवाको मोल बढाउँछ ।
यो बढेको मूल्यले सामान्य जीवनयापनको खर्च बढ्छ । यसले श्रमको मूल्य फेरि बढ्छ । त्यसले बढेको लागतले मूल्य बढ्छ र फेरि श्रमिक ज्याला बढ्नुपर्ने अवस्था आउँछ । अनि मूल्यवृद्धिको अन्तहीन शृंखला सुरु हुन्छ । जीवनयापनको न्यूनतम आवश्यकताको वस्तु अर्थात् आधारभूत मागको मूल्य सबैको निमित्त सुपथ राख्न सक्नु सरकार वा राज्यको सफालताको मापदण्ड हो । मूल्यवृद्धिमा नियन्त्रण राख्न उत्पादन लागतमा नियन्त्रण राख्न आवश्यक हुन्छ । उत्पादन लागतमा श्रम शोषण नगरी श्रमको खर्चको भार कम गर्न श्रमिकको जीवनयापनको मूल्य बढ्नु हुँदैन । श्रम, इन्धन, ढुवानी, कर आदिले उत्पादन मूल्यमा प्रत्यक्ष असर गर्छ । अनुचित मुनाफाखोरी, कालाबजारी जस्ता आर्थिक अपराधले पनि मूल्यमा प्रत्यक्ष असर गर्छ ।
अन्यभन्दा आफू उच्च भएको आत्मसन्तोष लिन यो सुपथ मूल्यको उपभोगभन्दा उपभोक्ताको अतिरिक्त खर्चको चाहना पनि हुन्छ । यो चाहनाले चुकाएको अतिरिक्त मोलले सामान्यभन्दा विशेष वस्तु तथा सेवा उपभोगको गरेको सन्तुष्टि उपभोक्ताले प्राप्त गर्दछ ।
उदाहरणको निमित्त कुनै पसलमा पाइने वस्तुको निमित्त तिरेको मोलभन्दा अर्को स्थानमा पाइने सोही वस्तुको मोल खुसीसाथ ज्यादा तिर्ने इच्छाले पैदा गरेको माग प्राथमिक माग होइन । यो उपभोक्ताको सामान्य व्यक्तिभन्दा अलग देखिने चाहनाले पैदा भएको माग हो । यो चाहना स्वतः पैदा हुने गर्दैन । यसका निमित्त बजार विस्तार गर्ने बिक्री कौशल प्रयोग भएको हुन्छ । यो अतिरिक्त मूल्य भने सामन्य जीवनयापनको मोल होइन । यो उपभोक्ताले इच्छाले तिरेको अतिरिक्त मोल हो ।
उदाहरणको निमित्त कुनै व्यक्तिले सामान्य चिया पसलमा पिएको चियाको मोल चुकाउने बेलामा मोलमा केही छुट पाउन हरसम्भव प्रयत्न गर्छ । सोही व्यक्ति अलि स्तरीय देखिने पसलमा सोही चियाको ज्यादा मोल सहर्ष चुकाउँछ । अझ सो मोलको अतिरिक्त त्यहाँ बक्सिसको रूपमा खर्चसमेत गर्छ । दुवै पसलको चियामा समान मात्रा, गुण, स्वाद भए पनि अतिरिक्त खर्च गरेको चियाले उसलाई सर्वसाधारणभन्दा उच्च भएको अनुभूति दिन्छ । यो प्राथमिक माग होइन यो अलग देखिने चाहनाले पैदा गरेको माग हो । यो अतिरिक्त मूल्य प्रत्यक्ष रूपमा उल्लेखित चियाको झैँ लागे पनि वास्तवमा त्यो पसलको उपभोग गर्ने चाहना हो । अर्को वाक्यमा भन्दा त्यो अतिरिक्त मोल वस्तु वा सेवाको भन्दा सो उपलब्ध गराउने आपूर्तिकर्ताको हो ।
उपभोक्ताको यस्तो चाहनाले बिक्री कौशलको महत्व बढाउँछ र यो नै कुनै वस्तु वा सेवाको बजार विस्तार गर्न आवश्यक पर्ने तत्व हो । उपभोक्ताको यो चाहनाले बिक्री प्रबन्धन गर्ने ज्ञान तथा सीप भएकाहरूको माग पैदा हुन्छ । बजार प्रबन्धका विभिन्न उपाय, श्रम, साधन, स्रोत लगाउने गरिन्छ । उपभोक्तालाई वस्तु वा सेवा उत्पादकको नाम, त्यसको ब्राण्ड नाम आदिको आधारमा सो किन्न प्रेरित गरिन्छ । ब्राण्डप्रतिको आकर्षण र त्यो ब्राण्ड प्रयोग गर्ने इच्छा जगाएर आफ्नो वस्तु वा सेवाको बजार विस्तार गरिन्छ । यो क्रममा गरिने आर्थिक क्रियाकलापले रोजगारीका, कमाइका अनेकौं बाटा खोल्छन् । ब्राण्डले गर्ने प्रायोजनहरूले खेलकुद, सामाजिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम आदिको पनि विकास हुन जान्छ, अर्र्थतन्त्र थप चलायमान हुन्छ ।
उपभोक्तालाई वस्तु वा सेवा उत्पादकको नाम, त्यसको ब्राण्ड आदिको आधारमा सो किन्न प्रेरित गरिन्छ । ब्राण्डप्रतिको आकर्षण र त्यो ब्राण्ड प्रयोग गर्ने इच्छा जगाएर आफ्नो वस्तु वा सेवाको बजार विस्तार गरिन्छ । यस क्रममा गरिने आर्थिक क्रियाकलापले रोजगारीका, कमाइका अनेकौं बाटा खोल्छन् ।
विज्ञापन क्षेत्रको अतित्वको मुख्य आधार बजार विस्तारका निमित्त गरिने कार्यकलाप हुन् । अनि यो बजार विस्तार उपभोक्ताको अन्यभन्दा फरक अनुभूति गर्ने चाहनाले पैदा भएकोे हुन्छ । उपभोक्ताको यो चाहनालाई उत्प्रेरित गरेर आफ्नो वस्तु वा सेवा उपयोग गर्ने इच्छा चेतन वा अवचेतनमा पुर्याउन सक्नु नै बजार विस्तार कार्यको सफलता हो । त्यसको निमित्त उपभोक्तासम्म प्रचार पुर्याउन समाचारपत्र, रेडियो, टिभी, चलचित्र, समाजिक सञ्जाल आदिकोे प्रयोग हुन्छ । यसबापत विज्ञापन दाताले तिरेको शुल्कले यस्ता सञ्चारमाध्यम, मनोरञ्जन माध्यम आदिका उपभोक्तालाई मोलमा सहुलियत हुन सक्छ । भित्ते लेखन, पर्चा, पम्पलेट, माइकिङ आदि भने बजार प्रबन्धनका सिधा माध्यम हुन् ।
यो सबैको खर्चको भार भने सो वस्तु वा सेवाको उपभोगमा थप भएको हुन्छ । कुनै ब्राण्डले प्रायोजन गरेको खेलमा त्यो ब्राण्ड उपभोक्ताले तिरेको अतिरिक्त मोल सामेल हुन्छ । चाहे त्यो खेल उसले हेरोस् वा नहेरोस्, त्यो खेल उसको रुचिकोे होस् वा नहोस् । त्यही खेल अर्को कसैको रुचिको हुन्छ । जो त्यो ब्राण्ड उपयोग गरे वा नगरे पनि त्यसको आनन्द लिइरहेको हुनसक्छ ।
यसरी हेर्दा यो अनुचित लाग्न सक्छ तर यो अनुचित भने होइन । यो बजार विस्तारको कार्यकलापले कला, साहित्य, खेलकुद, परम्परा आदिको संरक्षण, संवद्र्धन, विकासमा टेवा दिइरहेको हुन्छ । ज्ञानविज्ञानका कतिपय कार्यकलाप, जो व्यक्तिगत सामथ्र्यभन्दा बाहिरका छन्, राज्यको प्राथमिकतामा पर्न सकेका छैनन्, त्यसलाई टेवा दिइरहेको हुन्छ । यो प्रक्रियामा त्यो वस्तु वा सेवाको उपभोक्ता परोक्षरूपमा भागिदार भइरहेको हुन्छ । यसका नराम्रा पक्ष हुन सक्छन्, त्यसैलाई न्यून गर्नु राज्यको दायित्व हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका