सर्वोच्च बारको अध्यक्षमा निरौला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनको ३४ औँ कार्यसमिति निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक समावेशी (डीएलए) समूहका वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित हुनुभएको छ ।

उहाँले २८९ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले २७५ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी हुनुभएको छ । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी हुनुभयो ।

सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रूपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी हुनुभएको छ भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी हुनुभएको छ ।

पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?