प्रदेश १ मा एमाले-माओवादी सहमति: एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । प्रदेश १ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता साझेदारीको औपचारिक सहमति भएको छ ।

सहमति जुटाउन आज दुई दलबीच छलफल भएको थियो । छलफलमामा सहभागी एक नेताका अनुसार माओवादीले प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय भएको छ ।

यससँगै एमालेका हिक्मत कार्कीले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यतालिका छ ।

पहिलो चरणमा एमाले र माओवादीबाट एक–एक जना मन्त्री बनाउने सहमति पनि भएको उनले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?