बाढी र वर्षाले क्षति गरेको कर्णाली राजमार्गको मर्मत गरिँदै

फाईल तस्बिर

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पु-याएको कर्णाली राजमार्ग मर्मत गरिने भएको छ । अवरुद्ध कर्णाली राजमार्ग स्तरवृद्धि नहुँदा स्थानीयले सास्ती वेहोर्दै आएका थिए । कर्णाली राजमार्गलाई थप मर्मत गर्नेका लागि काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि २ अर्बको योजना अघि सारेर विभागमा फाइल पेश गरिएको छ । सो बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएमा केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पन्छाउन सहयोग पुग्ने कार्यालय प्रमुुख श्रेष्ठको भनाइ छ ।

यसका लागि जिल्ला विपत व्यवस्थापन कार्यालयले निर्णय गर्नुपर्ने छ । मुगुले निर्णय गरेर पठाइ सकेको छ । जुम्ला र कालिकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । राजमार्गको लामो भागमा पहिरो पन्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठुलो पहिरो नाग्म देखि रारा खण्ड, धनाडाराजुली खण्ड, राताडाव खण्ड, एस मोड सहित विभिन्न स्थानमा रहेको छ । सेरिगाडमा एक हप्ता अघि ठुलो सुख्खा पहिरो खसेपछि जाली तथा ग्याविन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

अवरुद्ध राजमार्गलाई थप स्तरवृद्धि गर्नेका लागि अहिले काम तीव्र गतिमा भइरहेको छ । पहिरोले कालोपत्रे गरिएका सडक पनि कच्चीमा परिणत भएको ठाउँमा सुधार गर्ने लागि परेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा बढी जुम्ला र कालिकोट खण्ड र त्यसपछि दैलेख खण्डका विभिन्न क्षेत्रमा राजमार्ग भत्किएको छ । हवाई मार्गबाट जान नसक्ने सर्वसाधारणका लागि यातायातको एक मात्र विकल्प कर्णाली राजमार्ग भएको यहाँका स्थानीय बताउँछन् । राजमार्ग स्तरवृद्धि हुन अति आवश्यक रहेको छ । जुम्लाको तिला गाउँपालिका – १ का स्थानीय जयलाल बुढाले भन्नुभयो,“ हाम्रो लागि राजमार्ग सबैभन्दा सहज पहुच हो । अहिले राजमार्ग राम्रोसंग बिग्रेको छ । सुधारका लागि सम्बन्धी निकायको ध्यान जान जरुरी छ । कर्णाली राजमार्ग दुई लाइन सडक खोल्नका लागि आवश्यक बजेट व्यवस्थापनका लागि यहाँका सासंद् देखिराजनीतिक दलको महत्वपुर्ण भुमिका खेल्नुपर्ने स्थानीयवासी बुढाको भनाइ छ ।

राजमार्गको स्तरोन्नति हुन नसक्दा यात्रुले निकै गाह्रो हुने गरेको स्थानीयवासि उपराज रावतले बताउनुभयो । सो बाढी पहिरोले कालिकोटको नाग्मदेखी मुगु गमगडी सडकलाई समेत क्षति पुर्याएको थियो । सुधारका लागि काम भइरहेको छ । जुम्ला, कालिकोट र मुगु जिल्ला लाई आफ्नो कार्य क्षेत्र बनाएर हेर्ने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?