मन्त्रीहरुको नाम टुंग्याउन बसेको रास्वपाको सचिवालय बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सचिवालय बैठक बसिरहेको छ ।

संघीय संसदको अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ ।

रवि लामिछाने नेतृत्वको सो पार्टीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाएको छ । सो पार्टीका सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नुभएको छ ।

जारी बैठकमा पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी हुने नेताको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

यो पार्टीर्ला एक राज्यमन्त्रीसहित तीन मन्त्रालय दिने सत्ता गठबन्धनमा लगभग सहमति छ ।

रास्वपाबाट मन्त्री हुने लाइनमा डा. तोसिमा कार्की, प्रा.डा.चन्दा कार्की, शिशिर खनाल, सोबिता गौतम, विराजभक्त श्रेष्ठ, मनिष झालगायत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?