तीन जिल्लाका तीन महिलाको हत्या गर्ने भारतीय नागरिक अर्घाखाँचीबाट पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

-श्याम घिमिरे
अर्घाखाँची । अर्घाखाँची, गुल्मी र कपिलवस्तु गरी तीन जिल्लाका तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक अर्घाखाँचीमा पक्राउ परेका छन् ।

शृङखलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना र नगद लुट्ने काम गर्दै आएका भारतको गुडगाँउ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शिवा परियारलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

यी दम्पतीले यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका-१० सिद्धारा बहखोरकी ६० वर्षीय राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीय जीवकला थापा र गएकै असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख, प्रहरी नायव निरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । श्रीमतीसँग मिलेर हत्या गरेको बताएसँगै उनकी श्रीमतीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दम्पतीलाई प्रहरीले आईतवार जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेका उनीहरुलाई अर्घाखाँची जिल्ला अदातलबाट म्याद थप लिई, थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?